गुल्मी प्रहरीले थाल्यो ‘नागरिक सहजकर्ता सेवा’
६ जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई आवश्यक जानकारीदेखि सम्बन्धित फाँटसम्म पुर्याउने काम ‘नागरिक सहजकर्ता’ले गर्दछन् । प्रहरी कार्यालयको मूल गेटमै स्थापना गरिएको नागरिक सहायता कक्षमा ‘नागरिक सहजकर्ता’ लेखिएको विशेष पोसाकमा प्रहरी कर्मचारी खटाइएका […]
