बब्लु गुप्ताको मोटरसाइकल स्टन्टः सांसदलाई छुट, सर्वसाधारणलाई जरिबाना ?

News Summary
Generated by OK AI. Editorially reviewed.
- सिरहा क्षेत्र नं. १ का सांसद बब्लु गुप्ताले गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएपछि सामाजिक सञ्जालमा ट्राफिक नियमको पालनाबारे बहस चर्किएको छ।
- प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउनु ट्राफिक नियमको उल्लङ्घन भएको स्पष्ट पार्नुभएको छ।
- सांसद गुप्ताले अनुगमनका क्रममा साथीहरूले रमाइलोका लागि भिडियो खिचेर पोस्ट गरेको बताउँदै यसलाई सामान्य घटनाका रूपमा व्याख्या गर्नुभएको छ।
८ साउन, सिरहा । सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक नियमको समान कार्यान्वयनबारे प्रश्न उठेको छ।
सांसद गुप्तासँग रहेका उनका साथी रहिश खानको टिकटक आइडीबाट करिब १४ घण्टाअघि पोस्ट गरिएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियोमा ‘घुमघाम सांसद बब्लु दोस्त’ क्याप्सन राखिएको छ। उनीहरू कहाँ जाँदै थिए भन्ने विषयमा सुरुवातमा खुलाइएको थिएन।
पृष्ठभूमिमा ‘साइड लाग, साइड लाग, हाम्रो पारा यस्तै हो’ भन्ने र्याप गीतसहित पोस्ट गरिएको भिडियोमा सांसद गुप्ता बागमती प्रदेश ०२-०२५ प ५२३१ नम्बरको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट पछाडि आइरहेका अन्य मोटरसाइकलहरूको भिडियो खिचिरहेको देखिन्छ।
यस्तै गतिविधि सर्वसाधारणले गर्दा ट्राफिक प्रहरीले कारबाही तथा जरिबाना गर्ने गरेको अवस्थामा जनप्रतिनिधिमाथि पनि समान रूपमा कानुन लागु हुन्छ कि हुँदैन भन्ने विषयमा सामाजिक सञ्जालमा बहस चर्किएको छ।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख नवीन मरासिनीले मोटरसाइकलको पछाडि बसेका वा उभिएका व्यक्तिमाथि कारबाही गर्ने विषयमा माथिल्लो निकायसँग बुझ्नुपर्ने प्रतिक्रिया दिए।
यता, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउनु ट्राफिक नियम उल्लङ्घन भएको बताए ।
सार्वजनिक पदमा रहेका व्यक्तिले झन् बढी जिम्मेवारीका साथ कानुनको पालना गर्दै समाजमा सकारात्मक उदाहरण प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ। उनले यस्तो गतिविधि कानुनी रूपमा उचित नभएको प्रतिक्रिया दिए।
सांसद बब्लु गुप्ताले भने भिडियो सिरहा क्षेत्र नं. १ अन्तर्गतकै रहेको स्पष्ट पार्दै आफू सिरहा–उदयपुर जोड्ने नेपालटार सीमा विवाद तथा महादेवस्थानलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने विषयमा अनुगमनका लागि साथीहरूसँग निस्किएको समयमा उक्त भिडियो खिचिएको बताए।
उनका अनुसार साथीहरूले सम्झनाका लागि भिडियो बनाएका थिए र नबुझी सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्। गाउँतिर जाँदा सम्झनाका लागि भिडियो खिच्ने र पोस्ट गर्ने चलन भएकाले यस्तो भएको उनले बताए।
बब्लुले गरे क्षमायाचना
सांसद गुप्ताले फेसबुकमा एक सन्देश पोस्ट गर्दै क्षमायाचना गरेका छन् । ‘अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ। बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’ उनले लेखेका छन् ।
गुप्ताले थपेका छन्, ‘अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु।’
घटनापछि सामाजिक सञ्जालमा एउटा प्रश्न व्यापक रूपमा उठिरहेको छ- यदि यही काम कुनै सर्वसाधारणले गरेको भए तत्काल जरिवाना र कारबाही हुने थियो भने, सांसद वा सार्वजनिक पदमा रहेका व्यक्तिमाथि पनि उही कानुन समान रूपमा लागु हुन्छ कि हुँदैन ?
कानुन सबैका लागि समान हो भन्ने राज्यको मूल सिद्धान्त व्यवहारमा पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषयमा अब सम्बन्धित निकायले चाल्ने कदम नै सबैको चासोको विषय बनेको छ।
यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ५ सय रुपैयाँ जरिमाना तिराएको थियो ।
यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ