काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

कैदीबन्दी

Auto Added by WPeMatico

unnamed 1
अभिषेक गिरी, कैदीबन्दी, विशेष

कैदीबन्दीलाई बाँडेको साढे १३ लाख ‘गायब’ भएपछि पक्राउ परे अभिषेक गिरी



News Summary

Generated by OK AI. Editorially reviewed.

  • मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ बराबरको गर्मी भत्ता कारागारभित्रैबाट गायब भएको छ।
  • कैदीबन्दीको रकम दुरुपयोग गरेको आरोपमा प्रहरीले गुण्डानाइके अभिषेक गिरीलाई शनिबार बिहान उनको घरबाट पक्राउ गरेको छ।
  • प्रमुख जिल्ला अधिकारी युवराज कटेलले घटनाबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्।

१३ असार, विराटनगर । जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरेको भत्ता कारागारभित्रबाटै गायब भएको पाइएको छ ।

कारागार प्रशासनले बुधबार, बिहीबार र शुक्रबार कैदीबन्दीलाई गर्मी भत्ताबापत २ हजार ५ सयका दरले वितरण गरेको थियो । शुक्रबार ब्लक बीमा वितरण गरेको रकम भने कारागार भित्रैबाट गायब भएको पाइएको हो  ।

मोरङ प्रहरी स्रोतका अनुसार, गर्मी भत्ता गायब भएको घटनामा अभिषेक गिरी जोडिएका छन् । कैदीबन्दीलाई वितरण गरेको केही घण्टापछि अनुगमन गर्दा उनीहरूको साथमा रकम भेटिएन् । सोधीखोजी गर्दा  विवादास्पद छविका  गिरीको नाम जोडिएको थियो । कैदीबन्दीको भत्ता गिरीको घरमा पुगेको सूचनापछि प्रहरीले शनिबार बिहान उनको घरमा सर्च अप्रेशन चलाएको थियो । सुरुमा हतियार रहेको आशंकामा खानतलासी गरेको बताएको प्रहरीले पक्राउ गर्दा कैदीबन्दीको भत्ता दुरुपयोग गरेको सूचना आएको जवाफ दियो ।

जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार, मोरङ कारागारमा ३ वटा ब्लक छन् । ती ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई गर्मीभत्ता बापत २ हजार ५ सयका दरले वितरण गरिएको थियो ।

जेलर घिमिरेका अनुसार ‘ए ब्लक’का ५३९ जना, ‘बी ब्लक’का ५३६ जना र महिला ब्लकका ११० जनालाई वितरण गरिएको थियो ।

‘बी ब्लक’का ५३६ जनालाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ भने वितरण गरेको केही समयमा गायब भएको सूचना प्रमुख जिल्ला अधिकारी युवराज कटेलसम्म पुगेको थियो । सूचना पाएपछि शुक्रबार नै उनले कारागारको ‘बी ब्लक’मा अनुगमन गर्न निर्देशन दिए । अनुगमनका क्रममा कैदीबन्दीलाई वितरण गरेको भत्ता उनीहरूको हातमा थिएन ।

जेलर घिमिरेका अनुसार, कारागार प्रशासनका कर्मचारीले सशस्त्र र नेपाल प्रहरीको उपस्थितिमा कैदीबन्दीको हात हातमै  भत्ता पुर्‍याएका थिए । ‘हामीले कोठा–कोठामै गएर २५ सयका दरले पैसा बाँडेका हौं,’ उनले भने, ‘अनुगमनका क्रममा कैदीबन्दीले पैसा प्राप्त गरेको स्वीकार गरे पनि सबै पैसा साथमा देखाउन सकेनन् ।’

उनका अनुसार, अनुगमनका क्रममा कतिपय कैदीबन्दीको साथमा ५०० देखि १००० रुपैयाँ मात्र फेला परेको थियो । बाँकी रकमका बारेमा सोधपुछ गर्दा कैदीबन्दीले लुगा किन्नका लागि घरपरिवार वा आफन्तलाई पठाइसकेको जवाफ दिएको घिमिरेले बताए ।

कारागार स्रोतका अनुसार ‘बी ब्लक’का निमित्त चौकीदार चन्चल बर्मनलाई सोधपुछ गर्दा गिरीको नाम लिएका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी कटेलले  कारागारबाटै कैदीबन्दीको भत्ता गायब भएपछि गिरीलाई पक्राउ गरेको बताए । कारागारको अन्य विषय पनि गिरीसँग जोडिएकाले थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

विराटनगरमा गुण्डानाइकेको रुपमा परिचित गिरी पछिल्लो समय भने नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । शरीर बन्धक तथा अपहरण मुद्दामा ९ वर्ष  कारागारमा हुँदा गिरी लामो समय मोरङ कारागारको चौकीदार थिए ।

कारागारभित्र रहँदा कैदीबन्दीमाथि दमन गरेको र आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो । कैद भुक्तान गरी निस्किएपछि पनि उनले कारागारको आन्तरिक व्यवस्थापनमा बाहिरैबाट हस्तक्षेप गर्ने गरेको आरोप थियो । तर प्रमाण भेटिएपछि शनिबार पक्राउ गरेको प्रहरीको दाबी छ ।

कारागार प्रशासन स्रोतका अनुसार अनुगमनका क्रममा कैदीबन्दीले बनाएको मुढाको पैसा समेत उनीहरूले नपाउने गरेको खुलेको थियो । कैदीबन्दीले बनाएको मुढाको पैसा नपाएको घटनामा पनि गिरी नै जोडिएका छन् । ‘कैदीबन्दीको गर्मी भत्ता र मुढाको पैसा नपाएको विषय छानबिन गर्न भनेको छु,’ प्रमुख जिल्ला अधिकारी  कटेलले भने, ‘विस्तृत अनुसन्धान प्रहरीले गर्दैछ ।’

अपहरण तथा शरीर बन्धक मुद्दामा  कैद भुक्तानपछि गिरी दुई वर्षअघि कारागारबाट छुटेका थिए । कारागारबाट छुटेपछि उनी आफ्नै नेतृत्वमा गिरी फाउन्डेशन स्थापना गरेर सामाजिक कार्य गर्ने भन्दै सक्रिय भए ।

फागुन २१ प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमाण्डर बनेका थिए ।




लेखक

हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
कैदीबन्दी, राष्ट्रिय समाचार, लफडा, सिरहा कारागार

सिरहा कारागारमा किन हुन्छ पटक-पटक लफडा ?

सिरहा कारागारमा यो घटना पहिलो होइन । यहाँ आन्तरिक व्यवस्थापन कब्जा गरेर बसेका कैदीबन्दीबीच पटकपटक कुटपिट, झडप तथा अन्य आपराधिक क्रियाकलाप दोहोरिँदै आएका छन् ।
unnamed 1
कैदीबन्दी, बाँके कारागार, राष्ट्रिय समाचार

७०० क्षमताको बाँके कारागारमा करिब ९०० कैदीबन्दी

८ चैत, नेपालगञ्ज । बाँके कारागारमा क्षमताभन्दा करिब २०० धेरै कैदीबन्दी राखिएको छ । अनौपाचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र एडभोकेसी फोरमले गरेको संयुक्त अनुगमनमा सात सय कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा ८८९ कैदीबन्दी तथा थुनुवा राखेको पाइएको हो । कारागारमा रहेका कैदीबन्दीहरू एउटै कोठामा १२ देखि ४० जना बस्नुपर्ने, शौचालय प्रयोगका लागि पालो कुर्नुपर्ने, […]
Scroll to Top