४ वैशाख, काठमाडौं । आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् । बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् । ‘म गल्ती गर्ने कसैलाई छाड्नि । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिन’ गुरुङले भने । गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने काम […]
१ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नती गर्ने चिनियाँ ठेक्का कम्पनीको कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उक्त सडक खण्डको स्थलगत अनुगमन गर्ने क्रममा निर्माण कार्यमा भइरहेको ढिलाइ गृहमन्त्री गुरुङले चासो राखेका हुन् । सडक निर्माण कार्यमा भएको ढिलाईले यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित हुनका साथै दुर्घटनाको जोखिम बढेको मन्त्री […]
सम्पत्ति विवरणबारे भइरहेको आलोचनाविरुद्ध गृहमन्त्री गुरुङले ‘तिमी जन्मदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ भनेर प्रतिक्रिया दिएका थिए ।
३० चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू सरकारमा आउनुअघि कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको टिप्पणी गरेका छन् । आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहितका सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । उनीहरूको सम्पत्ति विवरणमा खासगरी सुन, चाँदी लगायतका गरगहनाबारे सञ्जालमा व्यापक आलोचना भइरहेको छ । आलोचना बढ्दै गएपछि गुरुङले आफ्नो अफिसियल इन्स्टाग्राममार्फत यस्तो […]
२९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको नाममा १९ रोपनी १५ आना जग्गा रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ । गृहमन्त्री गुरुङको पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर-१८ गुञ्जनगरमा ३० कठ्ठा र […]