सिरहा-१ कांग्रेसले गर्यो पूर्वमन्त्रीसहित ११ जनालाई कारबाही सिफारिस
२५ फागुन, जनकपुरधाम । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहा-१ नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले पूर्वमन्त्री पदम नारायण चौधरीसहित ११ जनामाथि कारबाहीका लागि सिफारिस गरेको छ । उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले जानकारी दिए । पदम […]

