मुम्बई (एजेन्सी) । नीब करौरी बाबाको जीवनमा आधारित फिल्म ‘हनुमान अंश’ले शुक्रबार भारतीय बक्सअफिसमा ‘हैवान’ र ‘मिर्जापुर द मूवी’लाई पछि पारेको छ । २ करोड रुपैयाँको लागतमा बनेको फिल्मले भारतमा २०० करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै आफ्नो बजेटको १०० गुणाभन्दा बढी आम्दानी गरेको छ । बक्सअफिस ट्रयाकर स्याक-निल्कका अनुसार फिल्मले प्रदर्शनको ३६औँ दिन भारतमा १०.५०…
