२८ भदौ, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका-३ का २९ वर्षीय पारस थापा र मोटरसाइकल पछाडि सवार इनरुवा नगरपालिका-३ का ३४ वर्षीय सागर रेग्मी रहेका छन् । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी हुन् ।…
