काभ्रेपलाञ्चोक
+977-9863403002
१० बैशाख २०८३ बिहीबार
३० असार २०८२

स्वास्थ्य बीमा सेवा सुरु हुने समय अब छोटो भयो

सरकारले स्वास्थ्य बीमा सेवा सुरु हुने समय घटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ। अब बीमा दर्ता गरेपछि १ महिनामै उपचार सुविधा लिन सकिनेछ। यो व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुँदैछ।

अघिल्ला नियम अनुसार बिमित नागरिकले सेवा लिन ३ देखि ४ महिना पर्खनुपर्थ्यो। तर अब, बीमामा जुन महिनामा दर्ता भएको हो, त्यस महिनापछि आउने तेस्रो महिनाको पहिलो मितिदेखि नै स्वास्थ्य बीमाको सेवा पाउन सकिनेछ।

नेपाल सरकार अन्तर्गत बीमा बोर्डले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन २०८२ लागू गर्दै बीमा सेवा उपलब्ध गराउने समयलाई छोट्याएको छ। अब स्वास्थ्य बीमामा दर्ता भएको एक महिनापछि नै बिमितले उपचार सुविधा प्राप्त गर्न सक्नेछन्।

१ साउन २०८२ देखि नयाँ नियम लागू

बीमा बोर्डले जारी गरेको सूचना अनुसार, नयाँ नियम २०८२ सालको १ साउनदेखि लागू हुनेछ।

यसअनुसार बिमितले अब तीन–चार महिनासम्म कुर्नुपर्ने बाध्यता हट्नेछ र केवल एक महिनापछि नै स्वास्थ्य बीमाको सेवा प्राप्त गर्न सकिनेछ।

🔎 “जुन महिनामा बीमामा दर्ता गरिएको हो, सो महिनालाई पहिलो महिना मानी त्यसपछि आउने तेस्रो महिनाको पहिलो मितिबाट नै सेवा लागू हुनेछ,” सूचना स्पष्ट पारिएको छ।

पहिले ४ महिना कुर्नुपर्थ्यो

यसअघि बीमामा आवद्ध भएका नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गर्नका लागि चार महिना सम्म पर्खनु पर्ने अवस्था थियो।

बीमाको साइकल प्रणालीका कारण वैशाख, जेठमा दर्ता भएकाहरूले भदौबाट मात्र सेवा पाउँथे भने साउन, भदौमा दर्ता भएकाहरू मंसिरबाट मात्र सेवा लिन पाउँथे।

बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीका अनुसार,

“पहिला वर्षको चार साइकलमा मात्र सेवा सुरु हुने व्यवस्था थियो। अब १२ साइकलमा कार्यक्रम सञ्चालन हुन्छ। जसले गर्दा हरेक महिनाको भित्रमै सेवा पाउने सुविधा हुनेछ।”

नयाँ नियम अनुसार कसरी काम गर्छ?

  • जुन महिना बीमामा दर्ता भएको हो, त्यो महिनालाई पहिलो महिना मानिनेछ।
  • त्यसपछि तेस्रो महिनाको पहिलो गतेदेखि बीमा सेवा-सुविधा उपलब्ध हुनेछ।
  • अब प्रत्येक महिना बीमामा दर्ता भएका व्यक्तिले मात्र एक महिनापछि नै उपचार सुविधा लिन सक्नेछन्।

उदाहरणको लागि:

  • बैशाखमा दर्ता भएमा: जेठ – पहिलो महिना, असार – दोस्रो महिना, साउन १ गतेदेखि सेवा सुरु
  • असारमा दर्ता भएमा: साउन – पहिलो महिना, भदौ – दोस्रो महिना, आश्विन १ गतेदेखि सेवा सुरु

स्वास्थ्य बीमा सेवा सुरु हुने समय घटेपछि प्रभाव

नयाँ नियमले बीमित व्यक्तिहरूलाई छिटो उपचार पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

नेपाल सरकार र बीमा बोर्डको यो निर्णयले लाखौं नागरिकलाई सहजता प्रदान गर्नेछ। यो स्वास्थ्य बीमालाई थप प्रभावकारी र पहुँचयुक्त बनाउनेतर्फ एक ठुलो कदम हो।

📢 सूचना: यस्ता जानकारीमूलक समाचारहरू पढ्नका लागि नियमित रूपमा Global Sambad Media मा आउनुहोस्।
👍 Facebook मा Global Sambad Network लाई Follow गर्न नबिर्सनुहोस्।

Scroll to Top