
गोर्खाकी युवतीको नग्न भिडिओ सामाजिक सञ्जालमा लिक, दुई युवाविरुद्ध मुद्दा
प्रेम विफलपछि गोर्खाकी युवतीको नग्न भिडिओ सामाजिक सञ्जालमा लिक, दुई युवाविरुद्ध मुद्दा गोर्खा जिल्लाकी एक १८ वर्षीया युवतीको नग्न अवस्थामा नुहाउँदै गरेको भिडिओ सामाजिक सञ्जालहरू – ह्वाट्सएप र मेसेन्जरमार्फत फैलिएको खुलासा भएको छ। घटनासँग जोडिएका युवक जिफ्रान थापा मगर (१९) र उसका साथीसँग सम्बन्धित मुद्दा जिल्ला अदालत गोर्खामा दर्ता गरिएको छ
नग्न भिडिओ लिक: प्रेम सम्बन्धबाट सुरु भएको घटनाको सुरुवात
करीब एक वर्षअघि इन्स्टाग्रामबाट चिनजान भएका जिफ्रान थापा मगर र युवती (नाम गोप्य) बीचको सम्बन्ध प्रेममा परिणत भएको थियो।
प्रेम सम्बन्ध प्रगाढ हुँदै गएपछि उनीहरू सामाजिक सञ्जालमार्फत भिडिओ कलमा बारम्बार कुराकानी गर्थे।
जिफ्रानले बाथरुम जाँदा समेत भिडिओ कलमा बसिरहने कुरामा उनलाई मनाउँछन् ।
प्रेमीलाई विश्वास गरी नुहाउँदै गरेको आफ्नो नग्न शरीर फ्रेममा देखाउँछिन् र भनेअनुसार अश्लील हर्कत समेत गर्छिन् ।
यता जिफ्रान मोबाइलमा स्क्रिन रेकर्ड गरिरहेका हुन्छन्
यही क्रममा करिब ६ महिनाअघि एकपटक युवतीले नुहाउने समय भिडिओ कल रोकिने कुरा बताउँदा जिफ्रानले उनलाई रोक्दै कलमा रहन आग्रह गरे।
युवतीले प्रेम र विश्वासको आधारमा नग्न अवस्थामै भिडिओ कलमा देखा परिन्।
तर जिफ्रानले त्यस समय स्क्रिन रेकर्ड गरेर ११ मिनेट १० सेकेन्ड लामो भिडिओ बनाएको अनुसन्धानबाट खुलेको छ।
पछि क्यापकट एप प्रयोग गरी एडिट गरी ४ मिनेट ३९ सेकेन्डको भिडिओ बनाइएको थियो।
सम्बन्धमा दरार आएपछि सुरु भयो बदला लिने काम
जिफ्रानको विश्वासघात थाहै नदिई नग्न भिडिओ बनाउने कार्यमा मात्रै रोकिएन । सम्बन्धमा दरार आएपछि उनले बदलाको भावना वा सार्वजनिक बेइज्जत गर्ने मनसायले उक्त भिडिओको बारेमा आफ्ना साथीलाई सुनाए
जिफ्रानले रिसको झोंकमा उक्त भिडिओ आफ्ना नाबालक साथीलाई ह्वाट्सएपमार्फत पठाए।
ती नाबालक साथीबाट भिडिओ अन्य साथीहरूसम्म पुगेको अनुमान गरिएको छ।
अनुसन्धान अनुसार अर्का युवक विप्लव श्रेष्ठलाई पनि भिडिओ देखाइएको थियो, जसले पछि भिडिओ प्राप्त गरेका थिए। विप्लव हाल फरार छन्।
नग्न भिडिओ लिकपछि अनुसन्धान र मुद्दा प्रक्रिया
२२ जेठमा पीडित पक्षले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय गोर्खाले जिफ्रानलाई पक्राउ गर्यो।
बयानका क्रममा उनले स्क्रिन रेकर्डिङ गरेर भिडिओ सम्पादन गरेको स्वीकारेका छन्।
सोधपुछका क्रममा जिफ्रानका ती नाबालक साथीले अर्का साथी बिप्लव श्रेष्ठलाई समेत सो भिडिओको बारेमा जिफ्रानले सुनाएको र भेटघाटका क्रममा ह्वाट्सएपबाट आफ्नोमा पठाएको बताएका छन् । श्रेष्ठ भने हाल प्रहरीको फरार सूचीमा छन् ।
परिवार, साथीसङ्ग सम्बन्धित थप खुलासा
युवतीको एक साथीले भिडिओ पाएपछि सो भिडिओ उनकी हजुरआमासमक्ष पुर्याइन्। भिडिओ पठाउने व्यक्तिका बारे जानकारी नभए पनि ८० जनाभन्दा बढी सदस्य भएको ग्रुप च्याटबाट मेसेज आएको विवरण सो ग्रुपकी सदस्यले प्रहरीसमक्ष बताएकी छिन्।
मुद्दा दर्ता, आरोपीमाथि कारबाही प्रक्रिया
१७ असारमा जिल्ला अदालत गोर्खामा जिफ्रान थापा मगर र विप्लव श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो। पीडितको निजता उल्लंघन, साइबर अपराध, यौन दुरुपयोग तथा गोप्य भिडिओ सार्वजनिक गरेको आरोपमा अनुसन्धान जारी छ।
नग्न भिडिओ लिक घटनाबाट लिइने शिक्षा र सचेतना
यो घटनाले सामाजिक सञ्जालमा निजीता कति कमजोर बन्न सक्छ भन्ने भयावह सन्देश दिएको छ।
प्रेम सम्बन्धमा विश्वासको दुरुपयोग, गोप्य सामग्रीको दुरुपयोग, र साइबर अपराधजस्ता विषयहरूमा सबै सचेत हुनु आवश्यक छ। कानुनीरूपमा दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्था गरिनु अत्यावश्यक छ।
