
लसुनको औषधीय गुण आयुर्वेददेखि आधुनिक विज्ञानसम्म प्रमाणित गरिएको छ। यसका प्राकृतिक तत्वहरूले शरीरलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छन्।
लसुनको औषधीय गुण का बारेमा भन्नुपर्दा यसको स्वादभन्दा धेरै माथि उठेर यसको स्वास्थ्य लाभप्रति ध्यान दिनुपर्छ।अब हामी, काँचो लसुन खाँदा यसको तिख्खर स्वाद पिरो लाग्छ, तर परिकारमा मिसाउँदा यसले, स्वाद सौम्य र स्वादिलो हुन्छ।
यो केवल भान्साको साथै, सामाग्री मात्र नभएर स्वास्थ्य र उपचारको लागि पनि महत्वपूर्ण तत्वको रूपमा प्रयोग हुँदै आएको छ। संस्कृतमा यसलाई ‘रसोन’ भनिन्छ, जसको अर्थ हुन्छ – एक रस कम भएको (अमिलो बाहेक पाँच रस हुने)।
लसुनको औषधीय गुणको ऐतिहासिक पृष्ठभूमि
प्राचीन चीन र इजिप्टमा लसुन औषधिको रूपमा प्रयोग गरिन्थ्यो।
ईसापूर्व १३२५ मा मिश्रका राजा तुतांकखेमानको चिहानमा लसुन राखिएको प्रमाण भेटिएको छ।
लामो यात्रामा निस्कँदा सिपाहीहरुले लसुन बोक्ने गर्थे, ताकि आवश्यकता पर्दा औषधिका रूपमा प्रयोग गर्न सकियोस्।
भारत र चीनमा पनि इसापूर्व ६औं शताब्दीदेखि लसुन प्रयोग हुँदै आएको छ।
लसुनमा पाइने औषधीय तत्वहरू र तिनका भूमिका
लसुनको औषधीय गुण मुख्यत: यसमा पाइने एलिसिन (Allicin) नामक तत्वको कारण हो।
यो यौगिकमा जीवाणु र ढुसी नाशक (Antibacterial, Antifungal) गुण हुन्छ।
यसमा फस्फोरस, जिंक, पोटासियम, म्याग्नेसियम र सल्फर भरपूर मात्रामा पाइन्छ।
लसुनका प्रमुख औषधीय लाभहरू
संक्रमण नियन्त्रणमा लसुनको प्रभावकारी भूमिका
एलिसिनले टाइफाइड, ज्वरो, एलर्जी जस्ता संक्रमणबाट जोगाउँछ।
बिहान खाली पेटमा काँचो लसुन सेवन गर्दा रोग प्रतिरोधात्मक शक्ति बढ्छ।
मुटु र रक्तचापमा लसुनको औषधीय योगदान
लसुनले शरीरबाट खराब कोलेस्टेरोल हटाउँछ, मुटु रोगको जोखिम घटाउँछ।साथै,
रक्तनलीमा पर्ने दबाब घटाउने भएकाले उच्च रक्तचापमा पनि लाभदायक छ।
छालाका रोगमा लसुनको घरेलु उपचार
दुखेको ठाउँमा तताएको लसुन तेलले मालिस गर्दा राहत दिन्छ।
कतिपय छालाका समस्यामा पनि लसुनको प्रयोग गर्न सकिन्छ।
शरीरको विष निस्काशनमा लसुनको उपयोगिता
एन्टिअक्सिडेन्ट सल्फहाइड्रिल तत्वले शरीर सफा गर्न मद्दत गर्छ।
लसुनको सेवन गर्दा ध्यान दिनुपर्ने औषधीय सावधानीहरू
- लसुन एलर्जी हुनेले सेवन गर्नु हुँदैन।
- रगत पातलो बनाउने औषधि लिँदै गरेका वा रक्तअल्पता भएका व्यक्तिका लागि उपयुक्त हुँदैन।
- अल्सर भएका व्यक्तिले चिकित्सकको सल्लाह बिना सेवन गर्नु हुँदैन।
- अन्य औषधि चलिरहेको भएमा चिकित्सकको सल्लाह अनिवार्य छ।
निष्कर्ष:लसुनको औषधीय गुणलाई अपनाऔं, स्वास्थ्य जोगाऔं
लसुनको औषधीय गुणले देखाउँछ कि यो केवल स्वादका लागि होइन, शरीरलाई स्वास्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने तत्व हो। आयुर्वेददेखि विज्ञानसम्म लसुनको महत्व पुष्टि भएको छ।
नियमित र सन्तुलित प्रयोगले शरीरलाई रोग प्रतिरोधी बनाउँछ र दीर्घकालीन फाइदा पुर्याउँछ।
👉 WebMD on Garlic (source)
