नेपालका लागि एस प्रो मिडियाले फिफा विश्वकपको प्रसारण अधिकार प्राप्त गरेको छ । सोही कम्पनीमार्फत हिमालय स्पोर्ट्सले नेपालमा विश्वकप प्रत्यक्ष प्रसारण गर्नेछ ।
समूहका अध्यक्ष धर्मराज भुसाल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेल, अनलाइनखबरका कार्यकारी निर्देशक सुरेश भुसाल, अनलाइनखबर डटकमका प्रधान सम्पादक बसन्त बस्नेत र हिमालय टेलिभिजनका सम्पादक मधुसूदन पन्थीसहित समग्र न्यूजरुमले चौहानलाई शुक्रबार स्वागत गरेका छन् ।