‘युवा सरकार आउँछ, हामीले रोजगारी पाउँछौं भनेर नाति-नातिनाले भनेपछि बालेनका लागि भोट दिएको हो,’ कमलाले भनिन्, ‘छोरा-नाति सम्झेर भोट दियौं । आज हाम्रै घर उजाड्न आए ।’
मिल्स प्रशासनका अनुसार उद्योगको स्वामित्वमा रहेको करिब १४ बिघा क्षेत्रफलमा अनधिकृत बसोबास छ । विशेषगरी मिल्सको दक्षिण गेट, हाटताली हाट र हरिनगरा भट्टा क्षेत्रमा करिब ६०० परिवारको बसोबास रहेको अनुमान गरिएको छ ।