भेरी कोरिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डमा १४ वटा पक्की पुल निर्माणका लागि संघीय सरकारले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको स्रोत सहमति दिएको छ ।
२८ वैशाख, डोल्पा । भेरी कोरिडोर अन्तर्गत रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको त्रिपुराकोटसम्म सडक कालोपत्र गर्ने योजना सम्झौता भएको महिनौं बितिसक्दा पनि निर्माण कार्य सुरु हुन सकेको छैन । कोरिडोरको जाजरकोट–डोल्पा सडक खण्ड ११७ किलोमिटरभित्र पर्ने जाजरकोटको तल्लुबगरसम्म कालोपत्र निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यसपछि तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटसम्मको सडक कालोपत्रका लागि भेरी कोरिडोरले […]
भेरी कोरिडोर बाँकेको जमुनाहबाट सुरु भएर सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम हुँदै डोल्पाको दुनै, धो र तिन्जे पार गरेर तिब्बतको सीमासम्म पुगाउने लक्ष्य छ ।