लोकप्रिय बन्दै तेह्रथुमे ढाका
२६ वैशाख, तेह्रथुम । तेह्रथुम जिल्लाको गाउँदेखि सदरमुकाम म्याङलुङ बजारसम्म बिहानको घामसँगै तानको ताल गुञ्जिन थाल्छ । कतै धागो मिलाइँदै हुन्छ, कतै रङ्गीचङ्गी बुट्टा बुन्दै महिलाहरू व्यस्त देखिन्छन् । पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ढाका बुन्ने परम्परागत सीप अहिले तेह्रथुमका धेरै परिवारको जीवनसँग प्रत्यक्ष जोडिएको छ । विशेषगरी महिलाहरूका लागि ढाका उद्योग केवल संस्कृति जोगाउने माध्यम […]

