ललितपुरबाट सुन-चाँदीका गरगहना चोरी, चोर्ने र खरिद गर्ने दुवै पक्राउ
३ वैशाख, ललितपुर । ललितपुर महानगरपालिका-४ बागडोलबाट सुन-चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने दुई व्यक्ति पक्राउ परेका छन् । चोरीको अभियोगमा काठमाडौं महानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमन देउला र चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-२३ बस्ने अर्पिता ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्ती पक्राउ परेका हुन् । […]

