२५ वर्षमा दौडिरहेको केएमसी : ११ कक्षामा भर्ना हुन १३ हजार विद्यार्थीको आवेदन
भौतिक र भर्चुअल रुपमा विद्यार्थी कक्षा ११ को भर्नाका लागि आइरहेका छन्। स्कुलमा परामर्श र भर्नाको लागि अभिभावक र विद्यार्थीको लाइन लागेको छ । सोमबार दिउँसोसम्म मात्र केएमसी बागबजार र बालकुमारीमा गरी १३ हजार विद्यार्थीको आवेदन आएको छ ।

