वर्षको समापन र उत्सव चैत २९ गते रातिमा केन्द्रित गरौँ। त्यो रात पुरानो वर्षलाई धन्यवाद दिने, आफ्ना असफलताबाट सिक्ने, सम्बन्धहरू न्यानो बनाउने, खुसी साट्ने, स्मृतिहरू समेट्ने र नयाँ वर्षलाई स्वागत गर्ने रात बनोस्। त्यसपछि चैत ३० गतेलाई सङ्कल्पको दिन बनाऔँ। अनि वैशाख १ गतेलाई वास्तविक सुरुआतको दिन बनाऔँ— काम, अनुशासन, योजना, अध्ययन, जिम्मेवारी र प्रतिबद्धताको स्पष्ट आरम्भबिन्दुका रूपमा।