सायद खुला र इमानदार संवाद नै यसको पहिलो पाइला हो। किनकि जिउँदो छँदा साथ दिन नसक्नु अनि गएपछि क्रियापुत्री बस्न मात्र पुग्नु— यो हाम्रो पुस्ताको सबैभन्दा मौन, सबैभन्दा गहिरो पीडा हो।
मैले त्यो बाइकवालाको ठाउँमा आफूलाई देख्न थालेँ। सधैँ कलेज जान हतार। अनि तीव्र गति, म पनि कहाँ कम थिएँ र? आज पो त्यो बाइक अनियन्त्रित भयो, भोलि मेरो हुँदैन भन्ने के छ? कहाँ लेखेको छ? म आफैले आफैलाई प्रश्न गर्न थालेँ।