फोहरमैला भित्र पुरिएको भविष्य!
फोहरमैला व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वयात्मक भूमिका स्पष्ट गर्न फोहरमैला सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न आवश्यक छ। फोहोरमैला व्यवस्थापनका लागि चार स्थानमा काम गर्ने व्यवस्था तोकिएको हुनुपर्छ। पहिलोमा संकलन केन्द्र वा स्थानान्तरण केन्द्र, दोस्रोमा फोहरमैला प्रशोधन केन्द्र (प्लान्ट), कम्पोस्ट स्थल (प्लान्ट) वा ग्यास प्लान्ट, तेस्रोमा पुनः प्रयोग हुन सक्ने फोहरमैला प्रशोधन गर्ने प्रशोधन केन्द्र र चौथोमा स्यानिटरी ल्यान्डफिल साइट वा विसर्जन स्थल (प्लान्ट) को व्यवस्था गरिनुपर्छ।

