मैदान प्रवेश गरेको केही मिनेटमै वैकल्पिक खेलाडी जोहान मन्जाम्बीले दुई गोल गरेपछि स्विट्जरल्याण्डले बोस्निया-हर्जगोभिनालाई फिफा विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा ४-१ ले पराजित गरेको छ।
सरकारमाथि निगरानी राख्न र सन्तुलन कायम गर्न गठित संवैधानिक अंग अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सबै पदाधिकारीलाई प्रधानमन्त्री बालेन शाहका सहयोगीहरूले आफ्नो कार्यालयमा घन्टौंसम्म ‘थुनेर’ करकापमा निर्णय लिन लगाएका छन्।
काठमाडौं सहरको मौलिक पहिचान जोगाउन विभिन्न कार्यक्रम गर्दै आएको काठमाडौं महानगरपालिकाले अहिले सिनेमाका माध्यमबाट सहरलाई जीवन्त बनाउन ‘टोल टोलमा फिल्म महोत्सव’ भन्ने नौलो कार्यक्रम सुरू गरेको छ।