निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण निर्माण गर्न निरन्तर पहल गरिनेछ। नीति निर्माण, बजेट तर्जुमा, ऐन-कानुन निर्माण तथा अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ।
उनले महासंघको ६० वर्षे यात्रा केवल समयको गणना नभई देशको आर्थिक इतिहासमा दृढ संकल्प, संघर्ष र साझेदारीका महत्वपूर्ण उपलब्धिहरूको श्रृंखला भएको उल्लेख गरे।
उनले भोलि हुने निर्वाचनपछि आफू अध्यक्षको जिम्मेवारी सम्हाल्ने बताउँदै यसलाई व्यक्तिगत अवसरभन्दा पनि देशभरका पाँच लाखभन्दा बढी उद्यमी–व्यवसायीको प्रतिनिधित्व गर्ने महत्वपूर्ण दायित्वको रूपमा लिएका छन्।