यसअघि बालाजु, माछापोखरी लगायत ठाउँका लजमा राखिएका सुकुम्बासीलाई एकाएक उठाएर नगरकोट र बनेपा पुर्याइएको हो। केहीलाई नगरकोटको खानेपानी तालिम केन्द्रम र केहीलाई बनेपाको रेडक्रस भवनमा बाँडेर राखिएको छ।
हाम्रा गाउँ-घरमा पनि अभिलेखीकरण गरिनुपर्ने धेरै विषय तथा सामग्रीहरू छन्। त्यसलाई उचित ध्यान नदिँदा कतिपय सामग्री त्यसै थन्किएका छन् भने कतिपय हराएर गएका छन्। अहिले साधारण लागेको कुरा भोलि महत्त्वपूर्ण अध्ययन सामग्री बन्न सक्छ भन्ने हेक्का सबैले राख्न आवश्यक छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानअनुसार हरेक वर्ष कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहेको र त्यसलाई डिजिटल बनाउन यसपालि अद्यावधिक गर्न लागिएको बताएका छन्।