unnamed 1
Night only, भेप तस्करी, विद्युतीय चुरोट

सिन्धुपाल्चोकबाट साढे २ करोडको ७७०० भेपसहित एकजना पक्राउ



९ असार, काठमाडौं । प्रहरीले सिन्धुपाल्चोकबाट ठूलो मात्रामा अवैध भेप (विद्युतीय चुरोट)बरामद गरेको छ ।

बाह्रबिसे नगरपालिका-३ खाग्दलबाट अवैध रुपमा ल्याउँदै गरेको ७ हजार ७०० वटा भेपसहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी जेसी शाहले जानकारी दिए । बरामद भेपको अनुमानित मूल्य २ करोड ६९ लाख ५० हजार रहेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोककै जुगल गाउँपालिका-४ का ३६ वर्षीय रामुकुमार श्रेष्ठ रहेका छन् । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले श्रेष्ठलाई प्रदेश०३-०१-०२४च९२१९ नम्बरको बोलेरो गाडीसहित नियन्त्रणमा लिएको हो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय