काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

क्रिकेट

Auto Added by WPeMatico

unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, नेपाली क्रिकेट टोली

लिग २ क्रिकेट : नेपालले नामिबियासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेदरल्यान्ड्समा नेपाल र नामिबियाबीच खेल हुँदै छ ।
  • नेपाली समयअनुसार पौने ३ बजे युट्रेक्टमा सुरु हुने उक्त खेलमा नेपाल अंकतालिका सुधार गर्ने लक्ष्यमा छ ।
  • लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ ।

५ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजदेखि नेदरल्यान्ड्समा नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खला सुरु हुँदैछ ।

शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ ।

लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौं स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ ।

लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ ।

नामिबिया अंकतालिकामा २८ खेलमा २२ अंकसहित सातौंमा छ भने नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

नेपालको टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल

Adblock test (Why?)

unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, नेपाली क्रिकेट टोली

लिग २ क्रिकेट : नेपालले नामिबियासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेदरल्यान्ड्समा नेपाल र नामिबियाबीच खेल हुँदै छ ।
  • नेपाली समयअनुसार पौने ३ बजे युट्रेक्टमा सुरु हुने उक्त खेलमा नेपाल अंकतालिका सुधार गर्ने लक्ष्यमा छ ।
  • लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ ।

५ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजदेखि नेदरल्यान्ड्समा नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खला सुरु हुँदैछ ।

शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ ।

लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौं स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ ।

लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ ।

नामिबिया अंकतालिकामा २८ खेलमा २२ अंकसहित सातौंमा छ भने नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

नेपालको टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल

Adblock test (Why?)

unnamed 1
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, नेपाली क्रिकेट टोली

लिग २ क्रिकेट : नेपालले नामिबियासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेदरल्यान्ड्समा नेपाल र नामिबियाबीच खेल हुँदै छ ।
  • नेपाली समयअनुसार पौने ३ बजे युट्रेक्टमा सुरु हुने उक्त खेलमा नेपाल अंकतालिका सुधार गर्ने लक्ष्यमा छ ।
  • लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ ।

५ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजदेखि नेदरल्यान्ड्समा नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खला सुरु हुँदैछ ।

शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ ।

लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौं स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ ।

लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ ।

नामिबिया अंकतालिकामा २८ खेलमा २२ अंकसहित सातौंमा छ भने नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

नेपालको टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल

Adblock test (Why?)

unnamed 1
एक्सट्रिम इनर्जी, एनपीएल २०२६, क्रिकेट, खेलकुद, खेलकुद समाचार

एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स


२२ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एकैपटक ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सर सम्झौता गर्दै नेपाली खेलकुदको व्यावसायिक इतिहासमै निजी क्षेत्रबाट भएको सबैभन्दा ठूलो साझेदारीमध्ये एक गरेको छ ।

एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग टाइटल स्पोन्सरका रूपमा तीन वर्षे सम्झौता गरेको हो ।

सोमबार आयोजित विशेष कार्यक्रममा सम्बन्धित ६ टोलीका प्रतिनिधि तथा एग्रो थाई फुड्स प्रालिकी बिजनेस हेड सोनिया रानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार आगामी तीन वर्षसम्म एक्स्ट्रिम इनर्जी ड्रिंक्स सम्बन्धित टोलीहरूको प्रमुख प्रायोजक रहनेछ । साथै टोलीहरूको प्लेइङ जर्सीको अगाडिको प्रमुख स्थानमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको लोगो रहनेछ ।

कम्पनीले यस साझेदारीमार्फत नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एनपीएलसँग जोडिँदै आफ्नो ब्रान्डलाई थप सशक्त रूपमा स्थापित गर्नुका साथै नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

एग्रो थाई फुड्स प्रालिका नेसनल सेल्स म्यानेजर कृष्ण दाहालले एनपीएलका ६ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको बताए ।

‘नेपाल प्रिमियर लिग नेपाली क्रिकेटकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । यसका ६ टोलीसँग टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो । यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनका लागि मात्र नभई नेपाली क्रिकेटको दीर्घकालीन विकासमा योगदान पुर्‍याउने उद्देश्यले गरिएको हो’ दाहालले भने ।

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले पछिल्ला केही वर्षदेखि नेपाली खेलकुदमा निरन्तर लगानी गर्दै आएको छ । कम्पनी नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रायोजक हुनुका साथै क्रिकेट, फुटबल, भलिबल, म्याराथन लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितासँग पनि आबद्ध रहँदै आएको छ ।

दसैंपछि आयोजना हुने एनपीएलको तेस्रो संस्करणअघि भएको यो सम्झौताले नेपाली खेलकुदमा निजी क्षेत्रको बढ्दो लगानी र विश्वासलाई थप बलियो बनाएको छ । कम्पनीले आगामी दिनमा पनि नेपाली खेलकुद, खेलाडीको क्षमता विकास र खेल संस्कृतिको विस्तारमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएको छ ।

Adblock test (Why?)

unnamed 1
अस्ट्रेलिया महिला क्रिकेट, आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, महिला टी-२० विश्वकप

अस्ट्रेलियाले सातौंपटक जित्यो महिला टी-२० विश्वकपको उपाधि


२१ असार, काठमाडौं । अस्ट्रेलियाले आईसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सातौंपटक उपाधि जितेको हो ।

इंग्ल्यान्डले दिएको १५१ रनको लक्ष्य अस्ट्रेलियाले १७ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्‍यो । बेथ मूनीले ६४ तथा फोबे लिचफिल्डले ४८ रन बनाइन् ।

इंग्ल्यान्डका लागि चार्लोट डिन, लाउरेन बेल र सोफी एक्लेस्टोनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । कप्तान नाट सिभर ब्रन्टले अविजित ५८ रन बनाइन् भने फ्रेया केम्पले ४४ रन बनाएर अविजित रहिन् ।

अस्ट्रेलियाका लागि किम गार्थ, लुसी हामिल्टन, कप्तान सोफी मोलिनक्स र एनाबेल सदरल्यान्डले १-१ विकेट लिए ।

अस्ट्रेलिया प्रतियोगिताभर अपराजित रहेर च्याम्पियन बन्यो । समूह चरणका ५ वटै खेल जितेको अस्ट्रेलियाले सेमिफाइनलमा वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

Adblock test (Why?)

unnamed 1
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, महिला टी-२० विश्वकप

महिला टी-२० विश्वकप २०२८ का लागि ९ टोली स्वत: छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.

  • आईसीसी महिला टी-२० विश्वकपका शीर्ष आठ टोली र आयोजक पाकिस्तानले सन् २०२८ को विश्वकपमा स्थान पक्का गरेका छन् ।
  • समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बंगलादेश तथा समूह ‘बी’ बाट इङ्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड र श्रीलंका सिधै छनोट भएका छन् ।
  • सन् २०२६ को जुलाई ६ सम्मको आईसीसी वरीयताका आधारमा बाँकी टोलीको टुङ्गो लाग्नेछ भने श्रीलंकामा हुने च्याम्पियन्स ट्रफीका लागि पनि वरीयता नै मापदण्ड रहनेछ ।

१३ असार, काठमाडौं । इंग्ल्यान्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकपमा दुई समूहका शीर्ष चार स्थानमा रहेका आठ टोली र पाकिस्तानले सन् २०२८ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका छन् ।

समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका र बंगलादेशले आगामी विश्वकपमा स्थान पक्का गरेका छन् । यस्तै समूह ‘बी’बाट इङ्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड र श्रीलंकाले पनि सिधै छनोट भएका छन् ।

आयोजक राष्ट्र पाकिस्तान भने समूह ‘बी’मा पाँचौं स्थानमा रहे पनि प्रतियोगिताको आयोजक भएकाले स्वतः २०२८ को विश्वकपमा सहभागी हुनेछ । पाकिस्तानले यस संस्करणमा पाँच खेलमध्ये एक खेल मात्र जितेको थियो ।

स्कटल्यान्ड भने शुक्रबार श्रीलंकासँग पराजित भएपछि सिधै छनोट हुने अवसर गुमाएको छ ।

१२ टोली सहभागी हुने प्रतियोगिताको दशौं स्थान जुलाई ६, २०२६ सम्मको आईसीसी टी२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा निर्धारण हुनेछ । हालको अवस्थामा नवौं वरीयतामा रहेको आयरल्यान्ड उक्त स्थानमा रहने सम्भावना छ ।

बाँकी दुई टोली भने १० टोली सहभागी हुने ग्लोबल क्वालिफायरबाट छनोट हुनेछन् । यसअघि विभिन्न क्षेत्रीय छनोट प्रतियोगितामार्फत टोलीहरूले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

हाल १४औं वरीयतामा रहेको नेदरल्यान्ड्स, ११औं स्थानको स्कटल्यान्ड तथा नवौं स्थानको आयरल्यान्ड वरीयतामा पछि परेमा मुख्य प्रतियोगितामा पुग्न ग्लोबल क्वालिफायर खेल्नुपर्ने अवस्था आउन सक्छ ।

यसैबीच, आईसीसीले आगामी वर्ष श्रीलंकामा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको टोली संरचना पनि तय गरेको छ । आयोजक श्रीलंकासहित जुलाई ६ को टी-२०आई वरीयताको शीर्ष पाँच टोली प्रतियोगितामा सहभागी हुनेछन् ।

हालको वरीयताअनुसार अष्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले स्थान बनाउने देखिएको छ।

Adblock test (Why?)

unnamed 1
क्रिकेट, खेलकुद, जयकुमारनाथ शाह मेमोरियल यू–१६ क्रिकेट

यू–१६ इन्टर स्कुल क्रिकेटको क्वाटरफाइनल समिकरण पूरा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौंमा जारी तेस्रो ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
  • प्रतियोगिताको क्वाटरफाइनलमा डीएभी, केएमसी, अपी, सैनिक आवासीय, मोक्षदा, जेम्स, नेपाल पुलिस र रत्नराज्य माध्यमिक विद्यालय प्रवेश गरेका छन् ।
  • आगामी २६ जेठसम्म सञ्चालन हुने यस प्रतियोगितामा देशभरका कुल २४ विद्यालय टोलीले सहभागिता जनाएका छन् ।

२२ जेठ, काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगितामा समूह चरणका खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

गत १९ गतेदेखि सुरु भएको प्रतियोगितामा समूह चरणका अन्तिम खेलहरू शुक्रबार सकिएपछि अन्तिम आठमा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल शनिबार बिहान ९ बजे हुनेछ, जसमा डीएभी स्कुलले केएमसी स्कुलसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैगरी शनिबार दिउँसो १ः३० बजे हुने दोस्रो क्वाटरफाइनल खेलमा अपी स्कुल र सैनिक आवासीय महाविद्यालय आमनेसामने हुनेछन् ।

आइतबार बिहान ९ बजे तेस्रो क्वाटरफाइनलमा मोक्षदा स्कुलले जेम्स स्कुलसँग प्रतिस्पर्धा गर्नेछ। त्यसैदिन दिउँसो १ः३० बजे हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस स्कुलले रत्नराज्य माध्यमिक विद्यालयसँग भिड्नेछ ।

समूह चरणको अन्तिम नतिजा

शुक्रबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा रत्नराज्य माध्यमिक विद्यालयले संस्कृति इन्टरनेशनल स्कुललाई ९१ रनले पराजित गरेको थियो। जितसँगै टोलीले दुई खेलमा दुई अंक जोड्दै अन्तिम आठमा स्थान बनाएको हो ।

सोही मैदानमा सम्पन्न दोस्रो खेलमा मोक्षदा स्कुल र क्लिन्टन स्कुलबीच वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडे । दुई खेलमा एक जित र एक बराबरीसहित तीन अंक जोडेको मोक्षदा क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा सैनिक आवासीय महाविद्यालयले क्रिएटिभ एकेडेमीलाई १० विकेटले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो । दुवै खेल जितेको सैनिक चार अंकसहित क्वाटरफाइनल पुगेको हो ।

सोही मैदानमा डीएभी स्कुलले रेडियन्ट रिडर्स स्कुललाई १७८ रनले पराजित गर्दै दुई खेलमा दुई जितसहित समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा जेम्स स्कुलले लिभरपुल सेकेन्डरी स्कुललाई १० विकेटले पराजित गर्दै समूह ‘जी’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

सोही मैदानमा सम्पन्न अर्को खेलमा नेपाल पुलिस स्कुलले पिक प्वाइन्ट एकेडेमीलाई डकवर्थ–लुइस (डीएलएस) विधिअनुसार ४९ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो । जितसँगै समूह ‘एच’ मा दुई खेलमा चार अंकसहित समूह विजेताका रूपमा पुलिस क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

आगामी जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ ।

Adblock test (Why?)

unnamed 1
आईपीएल २०२६, क्रिकेट, खेलकुद, खेलकुद - Home, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद

हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्‍वालिफायरमा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • राजस्थान रोयल्सले बुधबार भएको एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले पराजित गर्दै आईपीएल २०२६ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
  • राजस्थानका वैभव सूर्यवंशीले २९ बलमा ९७ रन बनाउने क्रममा यस सिजन ६५ छक्का प्रहार गरी क्रिस गेलको सर्वाधिक छक्काको कीर्तिमान तोडेका छन् ।
  • अब फाइनल प्रवेशका लागि राजस्थानले गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।

१३ जेठ, काठमाडौं । राजस्थान रोयल्स आईपीएल २०२६ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै राजस्थान फाइनलको एक कदम नजिक पुगेको हो ।

राजस्थानले दिएको २४४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १९६ रनमा अलआउट भयो । हैदराबादका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ तथा इशान किशनले ३३ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिँदा नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ तथा यश राज पुन्जाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाए ।

वैभवले १२ छक्का र ५ चौका प्रहार गरे । उनले क्रिस गेलको एकै सिजनमा सर्वाधिक छक्काको कीर्तिमान समेत तोडे । गेलले सन् २०१२ को आईपीएलमा ५९ छक्का प्रहार गरेका थिए । सूर्यवंशीको यो सिजन ६५ छक्का भइसकेको छ ।

सूर्यवंशीपछि ध्रुव जुरेलले पनि आक्रामक ब्याटिङ गर्दै २१ बलमा ५० रन बनाएर आउट भए । यशश्वी जैसवालले २९ तथा कप्तान रियान परागले २६ रन बनाए ।

हैदराबादका लागि प्रफुल हिंगेले ३ विकेट लिँदा इशान मालिङ्गा, शिवाङ्ग कुमार र नितिश रेड्डीले १-१ विकेट लिए ।

राजस्थानले अब फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग खेल्नेछ । हैदराबाद भने बाहिरिएको छ ।

Adblock test (Why?)

unnamed 1
आईपीएल क्रिकेट, क्रिकेट, खेलकुद, खेलकुद - Home, पञ्जाब किङ्स, पन्जाब किङ्स

श्रेयसको शतकमा पन्जाबको शानदार जित, प्लेअफ सम्भावना कायमै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • कप्तान श्रेयस अय्यरले ५१ बलमा १०१ रन बनाएर पन्जाब किङ्सलाई आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सविरुद्ध जित दिलाए।
  • पन्जाबले १९७ रनको लक्ष्य १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो र प्लेअफ सम्भावना कायम राख्यो।
  • पन्जाबले १४ खेलमा १५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ र आइतबार हुने दुई खेलले प्लेअफ टुंगो लगाउनेछ।

९ जेठ, काठमाडौं । कप्तान श्रेयस अय्यरले शानदार शतक प्रहार गरेपछि पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ ।

लखनउले दिएको १९७ रनको लक्ष्य पन्जाबले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान श्रेयसले विजयी छक्का प्रहार गर्दै शतक पनि पूरा गरे । उनी ५१ बलमा १०१ रनमा अविजित रहे ।

प्रभसिमरन सिंहले ६९ रन बनाए । कूपर कोनोलीले १८ रन बनाउँदा सुर्यांश शेड्गे ९ रनमा अविजित रहे । लखनउका मोहम्मद शामीले २ विकेट लिँदा अर्जुन तेन्दुल्करले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । ओपनर जोश इङ्लिसले सर्वाधिक ७२ रन बनाए । आयुष बदोनीले ४३ रन बनाउँदा अब्दुल समद ३७ रनमा अविजित रहे ।

पन्जाबका लागि मार्को यानसेन र युजभेन्द्र चहलले २-२ विकेट लिए भने विजयकुमार वाइशाक र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए ।

जितपछि पन्जाबको १४ खेलमा १५ अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ । अब आइतबार हुने दुई खेलबाट प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ ।

Adblock test (Why?)

unnamed 1
इटहरी मेयर कप क्रिकेट, क्रिकेट, खेलकुद

विराटनगर महानगरपालिका लगातार तेस्रोपटक इटहरी मेयर कप च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.

  • विराटनगर महानगरपालिकाले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा लगातार तेस्रो पटक उपाधि जितेको छ।
  • फाइनल खेलमा विराटनगरले कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
  • विराटनगरका कप्तान फिर्दोस अन्सारी प्लेयर अफ द फाइनल घोषित भए भने दिपेश कँडेल सर्वोत्कृष्ट खेलाडी र बेस्ट बलर घोषित भएका छन्।

९ जेठ, विराटनगर । तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले लगातार तेस्रो पटक जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगरले उपाधान ह्याट्रिक गर्दै आफ्नो दबदबा कायम राखेको हो ।

यसअघि विराटनगरले प्रतियोगिताको पहिलो र दोस्रो संस्करणमा इटहरी उपमहानगरपालिकालाई पराजित गर्दै उपाधि जितेको थियो । यसपटक पनि विराटनगरले आफ्नो सशक्त प्रदर्शनलाई निरन्तरता दिँदै तेस्रो संस्करणको ट्रफी उचालेको हो ।

इटहरीस्थित डीभीएम स्कुल परिसरको खेल मैदानमा भएको फाइनलमा पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । विराटनगरका कृतिक कामतले अविजित ५६ रनको उत्कृष्ट इनिङ्स खेले । ४५ बल खेलेमा गरेका उनले ४ छक्का र ३ चौका प्रहार गरे ।

कप्तान फिर्दोस अन्सारीले पनि आक्रामक ब्याटिङ गर्दै २३ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । दीपक पासवानले ३२ रन थप्दा विराटनगरले अतिरिक्त २० रन समेत प्राप्त गरेको थियो ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको कटहरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन मात्र बनाउन सक्यो । कटहरीका ब्याटरहरूले केही समयसम्म संघर्ष गरे पनि लक्ष्य भेट्टाउन सफल भएनन् ।

कटहरीका कप्तान लब कामतले उत्कृष्ट प्रदर्शन गर्दै ८ चौकाको सहयोगमा ४९ रन बनाए । उनले टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त साथ नपाउँदा कटहरी लक्ष्यसम्म पुग्न सकेन । रुद्र प्रताप शाहले २९ रन बनाए भने दिपु भुजेलले १३, निर्देश बस्नेतले १२ र अभय कामतले ११ रन जोडे ।

बलिङतर्फ विराटनगरका श्रवण किस्कु, अमर यादव र श्रवण यादवले समान २–२ विकेट लिँदै कटहरीको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए ।

उपाधिसँगै विराटनगर महानगरपालिकाले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता कटहरी गाउँपालिकाले ४० हजार रुपैयाँमा चित्त बुझायो ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका विराटनगरका कप्तान फिर्दोस अन्सारी ‘प्लेयर अफ द फाइनल’ घोषित भए । उनले १ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाए ।

यस्तै विराटनगरका दिपेश कँडेल प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ तथा ‘बेस्ट बलर’ घोषित भए । उनले सर्वोत्कृष्ट खेलाडी बनेबापत ७ हजार र बेस्ट बलर बनेबापत थप ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । कटहरीका लब कामत ‘बेस्ट ब्याटर’ घोषित भए । प्रतियोगिताभर १ सय १४ रन बनाएका उनले ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा आइडियल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेशका १२ वटा पालिकाका टोलीहरूको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहेता र राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशवकुमार बिष्टले पुरस्कार वितरण गरेका थिए ।

Adblock test (Why?)

Scroll to Top