२९ साउन, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकामा पनि पहिरोले दुई घर पुरिएको छ । सुनछहरी गाउँपालिका-२ को बेग्लाबेग्लै दुई स्थानमा पहिरो जाँदा दुई घर पुरिएको गाउँपालिकाकी उपाध्यक्ष ननकला घर्तीले जानकारी दिइन् । पहिरोले दुई ठाउँमा घरमा पुरिएको भन्ने जानकारी पाएको र जानकारी पाउने बित्तिकै घटनास्थलतर्फ टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।…
