११ साउन, सप्तरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सोमबार राजविराजमा पनि प्रदर्शन गरिएको छ । सुनसरीको छिमेकी जिल्ला सप्तरी भएकोले जिल्लामा सुरक्षा सतर्कता सप्तरी प्रशासनले बढाएको छ । प्रदर्शनकारीहरूले राजबिराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध प्रदर्शन गरेका थिए। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित…
