१८ चैत, काठमाडौं । विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आएका छन् । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित किकबक्सिङ डेभलोप्मेन्ट कोर्सका लागि नासिर नेपाल आएका हुन् । नासिरलाई संघका संस्थापक मध्येका एक दीपक श्रेष्ठ, संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, निर्णायकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । बुधबारै सुरु भएको कोर्समा सात प्रदेश…
