३ भदौ, सर्लाही । सर्लाहीको दक्षिणी भेगमा विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र स्थिर बनाउने उद्देश्यले निर्माण गरिएको लालबन्दी–सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनको अन्तिम चरणमा पुगेको छ । करिब १ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको उक्त प्रसारणलाइन गत ३० साउनमा चार्ज गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारण लाइनमार्फत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित ग्रिड सबस्टेसनबाट…
