
लक्ष्मी श्रेष्ठको अन्त्येष्टि आज बिहान पशुपति आर्यघाटमा राष्ट्रिय झन्डासहित गरियो।
‘मेरी बास्सै’ टेलिसिरियलमा अप्सरा आमाको भूमिकाबाट चर्चित रहेकी श्रेष्ठको क्यान्सरका कारण शुक्रबार राति निधन भएको थियो।
श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न चलचित्र विकास बोर्ड अध्यक्ष डिनेश डिसी, कलाकार दीपकराज गिरी, रामचन्द्र अधिकारी,
सुशीला निरौला (विमली), दीपकप्रसाद आचार्य, र गायिका राधिका हमाललगायत थुप्रै कलाकारहरू आर्यघाटमा पुगेका थिए।
अन्त्येष्टिपूर्व उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाइएको थियो, जसले उनको योगदानप्रति सम्मान व्यक्त गर्यो।
श्रेष्ठले २०५२ सालमा ‘ट्वाक्क टुक्क’ कार्यक्रमबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्।
त्यसपछि उनले ‘हिजो आजका कुरा’ जस्ता सिरियलमार्फत दर्शकमाझ आफुलाई प्रस्तुत गरिरहिन्।
‘मेरी बास्सै’ मा सिताराम कट्टेल (धुर्मुस) को श्रीमती ‘अप्सरा’को भूमिकामा अभिनय गरेपछि उनी निकै लोकप्रिय बनेकी थिइन्।
पछिल्लो उनको जीवनमा संघर्ष धेरै थियो। विगत केही वर्षदेखि क्यान्सरको सङ्घर्षमा थिइन् र अन्तिम ३५ दिनदेखि अस्पताल र घरमा ओछ्यानमै थलिएर उपचार गराउँदै थिइन्।
उनको निधनले नेपाली मनोरञ्जन क्षेत्रमा ठूलो क्षति पुगेको छ।
उनका साथी कलाकार, शुभचिन्तक र दर्शकहरूले भावुक श्रद्धाञ्जली अर्पण गरेका छन्।
‘लक्ष्मी श्रेष्ठको अन्त्येष्टि’ पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित सम्पन्न भयो।
सबैले उनको योगदानलाई सम्मान गर्दै सम्झना गरे।
🙏 उनको अमूल्य योगदान नेपाली मनोरञ्जन जगतमा सदास्मरणीय रहनेछ। हार्दिक श्रद्धाञ्जली।
🙏 ग्लोबल सम्बाद मिडिया परिवार तर्फबाट हार्दिक श्रद्धाञ्जली।
Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.
Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.
