२६ भदौ, काठमाडौं । युक्रेनको निप्रोपेत्रोव्स्क क्षेत्रअन्तर्गत पर्ने पावलोह्राद सहरको एउटा सपिङ मलमा रुसले गरेको ड्रोन आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभान विहिभ्स्कीका अनुसार दिउँसोको समयमा भएको यस आक्रमणमा सपिङ मलका पसल र वरपर रहेका सवारीसाधनहरूमा गम्भीर क्षति पुगेको छ। ‘सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको…
