३ साउन, सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका युवकको उद्धार भएको छ । गोडैता नगरपालिका–९ बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैनको सुरक्षाकर्मीको सहयोगमा उद्धार भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनको परिवारका सदस्यहरुलाई बोलाएर टेलिफोनमार्फत् कुरा गराएपछि हुसैन टावरबाट ओर्लिएका हुन् । उनी रातिको समयमा नै टावरमा चढेको हुनसक्ने आशंका…
