२० साउन, काठमाडौं । भारतका जम्मु–कश्मीर, केरल र झारखण्डमा भारी वर्षा, बाढीपहिरो र चट्याङका घटनाले जनधनको क्षति बढेको छ । झारखण्डमा मंगलबार चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृतकमध्ये सबैभन्दा धेरै ९ जना गिरिडीह जिल्लाका, ३ जना दुमका र २ जना लातेहार जिल्लाका रहेका छन् ।…
