१० साउन, काठमाडौं । आज देशका विभिन्न राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ । बाढीपहिरोका कारण सवारी साधन सञ्चालनमा अवरोध भएको हो । बिहान साढे ६ बजेको जानकारी अनुसार मेची राजमार्गको झापादेखि ताप्लेजुङ, बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेसी, कान्तिलोकपथको हेटौंडा-ठिंगन-बागमती-ललितपुर, अरनिको राजमार्गको ततोपानी जाने बाटो र कोदारीमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत…
