११ साउन, धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-७ का ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । उनलाई आफन्तले तत्काल उद्धार गरी सेती…
