१० भदौ, जाजरकोट । ताक्सुगाडमा आएको बाढीले सिँचाइ नहर भत्काएपछि समस्यामा परेका नलगाड नगरपालिका–१० रोली जिउलाका किसानलाई तत्काल राहत पुग्ने भएको छ। सिँचाइको अभावमा धानबाली प्रभावित हुने अवस्था आएपछि खानेपानी तथा सिँचाइ कार्यालय, जाजरकोटले अस्थायी रूपमा ५०० मिटर पाइप उपलब्ध गराएपछि समस्या हल हुने भएको हो । नलगाड नगरपालिका–१० र ११ को बीचमा रहेको ताक्सुगाड…
