३ चैत, गुल्मी । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । अग्लुङ फेदी खोलाबाट बालुवा बोकेर गएको रा १ त ३८६३ नम्बरको ट्याक्टरले स्थानीय सालिकराम चन्द (अन्दाजी ३५/३६ वर्ष) लाई ठक्कर दिएको हो । ठक्करबाट चन्दको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइतेलाई तत्काल उपचारका लागि जिल्ला…
