३२ असार, काठमाडौं । कैलाली र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । कैलालीबाट एक जना र धरानबाट दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका १० घुइयाँघाटबाट गएराति साढे १० बजे लागुऔषध ब्राउन सुगरसहित स्थानीय ३५ वर्षीय राजेश रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट…
