२ साउन, काठमाडौं । आईसीसीले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्वकप फर्म्याट अनुसार थपिएको सुपर सिरिजमा विश्वकप छनोट विजेताले खेल्नु नपर्ने भएको छ । छनोट प्रतियोगिताको विजेताले विश्वकपको मुख्य समूह चरणमा सोझै स्थान बनाउने समाचार संस्था क्रिकइन्फोले जनाएको छ । छनोटमा दोस्रो, तेस्रो र चौथो हुने टोलीले विश्वकपको पहिलो चरण अर्थात् ‘सुपर सिरिज’ खेल्नुपर्ने बताइएको छ…
