
४ असार, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले पाँच वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी ५० वर्षीय वीरेन्द्रकुमार यादव रहेका छन्। यादवविरुद्ध सोही गाउँपालिका-५ निवासी रामएकबाल सदायकी श्रीमती अनिता देवी सदायको हत्या गरेको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो । प्रहरीका अनुसार…
