
२ असार, सिरहा । सिरहा प्रहरीले जिल्लाको छुट्टा-छुट्टै स्थानबाट अवैध रुपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका १० वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ । प्रहरीले गोलबजार नगरापलिका-३ गागनखोलनबाट ८ वटा टिपर र सिरहा नगरापलिका-१३ गमहरियास्थित कमला नदीबाट दुईवटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको हो । अवैध रुपमा ग्राभेल उत्खनन भइरको सूचना पाउनसाथ…
