७ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा बुधबार सरोकारवालासँग छलफल गर्ने भएको छ । एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुले सरकारले हालै ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोध गर्दै आएका बेला सरकारले उनीहरुलाई छलफलमा बोलाएको हो…
