काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु को अघिल्लो साइकलमा नेपालले चमत्कार गर्दै अविश्वसनिय रुपमा अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय विश्वकपको अन्तिम छनोटमा स्थान पक्का गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको थियो । त्यसबेला नेपालले अन्तिम तीन शृंखलामध्ये दुई शृंखला घरमा खेलेको थियो र दुई शृंखलाको सबै ८ खेल नै जितेको थियो…
