
२३ असार विराटनगर । मोरङको ग्रामथानमा सोमबार राति महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २१ वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा उनकै देवर २१ वर्षीय सौचन राजवंशी पक्राउ परेका हुन् । उनले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले…
