
२६ असार, सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावामा करिब दुई महिनाअघि भएको कुटपिट घटनाका पीडितले न्यायको खोजीमा इलाका प्रहरी कार्यालय गोलबजार पुग्दा आफूहरूमाथि नै दुर्व्यवहार भएको र आफन्तलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन्। पीडित पक्षका अनुसार बाख्राको विषयलाई लिएर भएको सामान्य विवादमा समसाद लहेरी र रुबो खातुन तथा कैस खातुनबीच झडपमा परिणत भएको थियो। झगडा…
