
१३ असार, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक लक्षित घरदैलो स्वास्थ्य सेवा अभियान अन्तर्गत ७६८ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी–लौरो उपहार कार्यक्रम’ अन्तर्गत गाउँ–गाउँमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण तथा लौरो उपहार प्रदान गरिएको हो । गाउँपालिकाका…
