
२७ जेठ, चितवन । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाले गाउँलाई कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई प्राथमिकतामा राखेर काम गरेको छ । झण्डैं ४५ किलोमिटर लामो कालीगण्डकी करिडोरको सडकखण्ड बुलिङटारमा पर्दछ । ग्रामीण भेगबाट जनतालाई करिडोरको पहुँचसम्म आउन सजिलो होस् भन्ने उद्देश्यले विभिन्न लिंक रोडहरु बनाउने कामलाई प्राथमिकतामा राखेर काम गरेको गाउँपालिकाका अध्यक्ष इन्जिनियर दीपेन्द्र सुनारीले जानकारी…
