संखुवासभाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
प्रदेश समाचार, भरुवा बन्दुक

संखुवासभाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

२५ फागुन, संखुवासभा ।  संखुवासभाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका-४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेका छन् । उनलाई १ थान भरूवा बन्दुक सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त बन्दुक बरामद गरेको हो । […]