आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको प्रमुख कारण सरकारको कमजोरी, संवादहीनता र समयमै उपयुक्त निर्णय लिन नसक्नु रहेको पनि प्रतिवेदनको निष्कर्ष छ।
जनमत पार्टीको महाधिवेशन सरेको छ। यसअघि चैत २० र २१ गतेलाई तय भएको महाधिवेशन निर्वाचनका कारण तयारी नपुगेको भन्दै आगामी असोज ९ र १० गते हुने गरी सारिएको महासचिव चन्दन सिंहले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध परेको रिटमाथिको सुनुवाई हेर्दा हेर्दैमा परेको छ।