जन्मँदै पराई घर जानुपर्ने र खानुपर्ने लाइसन पाएकी नारीले आफ्नो क्षमताको उपयोग गर्दै घुम्ने, रमाउने अनि कमाउने गरेर पनि आफ्नो घरलाई सजाउन, सम्हाल्न र बचाउन सक्छे। केही स्वतन्त्रता, सहयोग र उचित सल्लाह घर-परिवारले उसलाई दिँदा परिवारको केही बिग्रने देखिँदैन।
सडक तातेको बेला
खुट्टाहरूले जुत्ता खोज्छन्
त्यही जुत्ताको आँधीबेरीमा
खुट्टाहरू सदन पुग्छन्
जुत्ताबाट खुट्टा उछिट्टाउनेहरू
प्रतिशोध भन्दै सडक चिच्याइरहेछन्।
साँझ फर्कँदा काठमाडौँ उस्तै थियो— हर्न, भीड, हतार र कोलाहलमय। तर म फर्कँदा उस्तै रहिनँ। मेरो मन भारी थियो तर त्यो भारीपन चेतनाको थियो। धाप ड्यामले मलाई एउटा कठोर सत्य सम्झायो— हामीले सहरको दौडमा हराएर गुमाएका अनुभव र बिर्सिएका शान्ति कहिल्यै फर्किँदैनन्।