सरकारले मनोज शर्माका हकमा बढी तथ्यांक देखिने गरी २०७६ देखि २०८० सम्मको मुद्दा फर्छ्यौट संख्या मात्र गणना गरेर त्यस आधारमा उनलाई योग्य ठहर गरेको हो। यसमा २०८१ देखि अहिलेसम्मको मुद्दा फर्छ्यौट संख्या गणना गरिएको छैन।
विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने भन्दै दलगत विद्यार्थी संगठनमा अंकुश लगाएको र प्राध्यापक संगठन हटाउने गृहकार्यमा समेत रहेको सरकारले ‘राजनीतिकरणको मूल जरो’ मानिएको प्रधानमन्त्री कुलपति रहने व्यवस्था किन हटाएन भन्ने अहिले चासोको विषय बनेको छ।